काठमाडौं । विश्वकै प्रदूषित सहरमा काठमाडौं एक नम्बरमा रहेको छ ।
आइक्यू एयरको सूचीमा काठमाडौं आज पनि प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा रहेको हो । आज बिहान ७ बजे जारी आईक्यू सूचि अनुसार काठमाडौंको हावाको गुणस्तर १ सय ७५ देखिएको छ । यो स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
यस्तै चीनको राजधानी बेइजिङ प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । तेस्रो स्थानमा भियतनामको हानोई सहर छ । इन्डोनेसियाको मेदान, थाइल्यान्डको चियाङ माइ, इराकको बगदाद, बंगलादेशको ढाका, भारतको नयाँ दिल्लीसमेत प्रदूषित १० सहरमा परेका छन् ।