कान्तिपुर समाचार, २८ वैशाख २०८१

वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २८ वैशाख २०८१

आजका मुख्य समाचार,

* सहकारी ठगी प्रकरणमा गृहमन्त्रीविरुद्ध प्रमाण हुँदाहुँदै सरकारले ढाकछोप गरेको कांग्रेसको आरोप / बजेट अधिवेशनको पहिलो दिन नै सदन अवरुद्ध / सभामुखको भूमिकामा प्रश्न ।

* सहकारी ठगीमा संलग्न भएको प्रमाण ल्याए राजनीति त्याग्ने गृहमन्त्री लामिछानेको चुनौती / एमाले अध्यक्ष ओली भन्नुहुन्छ- ‘कांग्रेसको माग अराजनीतिक ।’

* नेपालका फलामे डन्डी उद्योग प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा / कच्चा पदार्थमा भन्सार महसुल चर्को भएको उद्योगीको गुनासो ।

* मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री केजरीवाल जमानतमा रिहा / चुनाव प्रचारमा जान पाउने / दिल्लीको सरकारी काममा कुनै हेरफेर नगर्न आदेश ।

* टी-ट्वेन्टी विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको अभ्यास तालिका सार्वजनिक / वेस्ट इन्डिज र अमेरिकामा स्थानीय क्लबसँग खेल्ने / नेपालसहित २० टोलीकै तयारी तीव्र ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.