कान्तिपुर समाचार, २२ वैशाख २०८१

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २२ वैशाख २०८१

आजका मुख्य समाचार,

* वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम टी-ट्वेन्टी खेल जित्दै नेपाल उच्च मनोबलका साथ विश्वकप खेल्न अमेरिका जाँदै / कप्तान रोहित भन्छन्- सुपर एट पुग्न सक्षम छौँ ।

* विपक्षीले उठाएका मागमा गम्भीर नदेखिएका प्रधानमन्त्रीलाई नै बजेट अधिवेशन सहज हुनेमा शंका / छानबिन समिति गठनको संकेत / कानुन निर्माण र जनसरोकार प्राथमिकतामै नपर्ने चिन्ता ।

* लिपुलेक-लिम्पियाधुरा क्षेत्र समेटेर नक्सा जारी गरेको चार वर्ष हुँदासमेत भूमि फिर्ताको पहलै भएन / गम्भीर कूटनीतिक पहलको साटो सरकार प्रचारबाजीमै सीमित ।

* सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले मानेन / केन्द्रको राय लिन एमाले संसदीय दलका नेता काठमाडौंमा / प्रदेश सभा बैठक अनिश्चित ।

* गाजामा युद्धविराम र बन्धक रिहाइका लागि इजिप्टमा वार्ता सुरु / युद्धविराम प्रस्तावप्रति हमास सकारात्मक / रफाहमा स्थल कारबाही नरोक्ने इजरायलको अडान ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.