कान्तिपुर समाचार, ०६ वैशाख २०८१

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०६ वैशाख २०८१

आजका मुख्य समाचार

– सरकारको विकास खर्च नौ महिनामा ३२ प्रतिशतमै सीमित/ गति नबढे लक्ष्यको ६५ प्रतिशत पुर्‍याउन पनि मुस्किल/ राजस्वको लक्ष्य पनि नभेटिने विज्ञको दाबी ।

– प्रदेश सभामा चार सिट मात्र भएको एकीकृत समाजवादीका नेता सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री / प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न / दलीय आस्थाबाट उठ्न नसकेको आरोप ।

– कतारी अमिरको भ्रमणमा १९ वर्ष पुरानो श्रम समझदारी पुनरावलोकनको तयारी/ दक्ष जनशक्ति पठाउने व्यवस्था मिलाउन सरोकारवालाको माग ।

– भारतको लोकसभा निर्वाचन भोलिदेखि/ पहिलो चरणमा २१ राज्यको १ सय २ सिटका लागि मतदान/ भाजपा र कंग्रेस लोकप्रिय नाराका साथ मतदाता रिझाउँदै ।

– १९ स्वर्ण र १२ रजत पदकसहित सुदूरपश्चिम प्रदेश राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पहिलो / १७ स्वर्ण जितेको बागमती दोस्रो स्थानमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement