सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिन्छ : सञ्चारमन्त्री शर्मा

वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिने बताउनुभएको छ । सूचना प्रविधिको क्षेत्रमा नीति कार्यक्रम र बजेट बनाउँदा महिलाहरुका सवाललाई प्राथमिकता दिन पनि उहाँले निर्देशन दिनुभएको छ ।

प्रविधिमा महिला नेतृत्व : सबल भविष्यको मातृत्व भन्ने नाराका साथ मनाइएको गर्ल्स इन आईसीटी कार्यक्रममा सञ्चारमन्त्री शर्माले सरकारको नीति र कार्यक्रम समावेशी हुनुपर्ने बताउनुभयो । उहाँले रोजगारीका लागि सूचना प्रविधिको प्रयोग बढाउन सरकारले कार्यक्रम ल्याउने बताउनुभयो ।

अन्तराष्ट्रिय दूरसञ्चार संघको आह्वानमा विश्ववापी रुपमा प्रत्येक वर्ष सूचना तथा सञ्चार प्रविधिमा महिला सहभागितासम्बन्धी दिवस मनाउने गरिन्छ । सोही अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा अग्रनी भूमिकामा रहेका महिलाहरुले आफ्नो उपलब्धिलगायत अनुभव साटासाट गरेका थिए ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेख्य रुपमा वृद्धि गर्न आवश्यक रहेको वक्ताहरुले बताएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.