‘प्रथम कर्णाली हाफ म्याराथन’ भोलि वीरेन्द्रनगरमा हुने

प्रतियोगिताको उद्देश्य- १०औं राष्ट्रिय खेलकुदको प्रवर्द्धन, दौड संस्कृतिको विकास र नयाँ खेलाडीको खोजी
वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘प्रथम कर्णाली हाफ म्याराथन’ भोलि वीरेन्द्रनगरमा हुने

काठमाडौं । आसन्न १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रवर्द्धन, दौड संस्कृतिको विकास र प्रतिभाशाली खेलाडीको खोजी गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा भोलि (शनिबार) ‘प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिता’ हुने भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग र साझेदारीमा हुने प्रतियोगितामा देशभरका ७२ धावक सहभागी हुने भएका छन् । त्यस्तै पाँच किलोमिटर स्कुलस्तरीय छात्र एवं छात्रा दौडतर्फ ७५९ जना र कर्पोरेटतर्फ ३९ धावक सहभागी हुने आयोजक क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो ।

हाफ म्याराथनको विजेताले महिला तथा पुरुषलाई समान ५५ हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ हात पार्नेछन् । त्यस्तै हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि र विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीन धावकलाई पनि नगद पुरस्कार दिने आयोजले जानकारी दिएको छ ।

हाफ म्याराथनमा उत्कृष्ट समय निकाल्ने धावकलाई विश्व एथ्लेटिक्सबाट लेबल प्राप्त म्याराथनमा सहभागी गराइनेछ । विगत नौ वर्षदेखि नेपालगन्जमा म्याराथन आयोजना गर्दै आएको क्रियटिभ गन्ज एन्ड इभेन्ट म्यानेजमेन्ट र रेस नेपालले संयुक्त रुपमा कर्णाली हाफ म्याराथन गर्न लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.