म्याराडोनाले विश्वकपमा जितेको गोल्डेन बल लिलामी हुने

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
म्याराडोनाले विश्वकपमा जितेको गोल्डेन बल लिलामी हुने

काठमाडौं । महान फुटबलर डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा जितेको गोल्डेन बल लिलामी हुने भएको छ । १९८६ को फिफा विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउने क्रमममा म्याराडोनाले गोल्डेन बल जितेका थिए ।

उनले जितेको गोल्डेन बल जुन ६ मा फ्रान्सको अगुट्स लिलामी घरमा लिलामीका लागि राखिने छ। लिलामीका लागि जाने यो पहिलो गोल्डेन बल हो । तर यसको मूल्य तोकिन भने बाँकी छ । मेक्सिकोमा सम्पन्न १९८६ विश्वकपको फलाइनलमा पश्चिम जर्मनीलाई ३-२ ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको थियो ।

म्याराडोना अर्जेन्टिनाका कप्तान थिए । क्वार्टर फाइनलमा इङ्ल्यान्डविरुद्ध म्याराडोनाले गरेको दुई गोलका लागि त्यो विश्वकप सधैं सम्झिने गरिन्छ । उनको हातमा लागेर भएको पहिलो गोल 'ह्यान्ड अफ गड' सोही खेलमा भएको थियो । विश्व फुटबलका महान खेलाडी म्याराडोनाको सन् २०२० मा निधन भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.