ईपीएलमा क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेड पराजित

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
ईपीएलमा क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग ४-० गोल अन्तरले पराजित भएको छ ।

युनाइटेडविरुद्ध घरेलु मैदान सेल्हस्ट पार्कमा  प्रभावशाली जित दर्ता गर्ने क्रममा क्रिस्टल प्यालेसका माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले १-१ गोल गरे । योसँगै प्यालेसले यस सजिन प्रिमियर लिगका दुवै खेलमा युनाइटेडलाई पराजित गरेको छ । यसअघि प्यालेसले युनाइटेडलाई उसकै घरमा १-० ले पराजित गरेको थियो । 

यससँगै युनाइटेड अर्को सिजन कुनै पनि युरोपेली प्रतियोगितामा छनोट नहुने सम्भावना बढेको छ । युरोपा कन्फरेन्स लिगमा स्थान बनाउन प्रिमियर लिग सातौं स्थानमा रहँदै समाप्त गर्नुपर्छ । च्याम्पियन्स लिग खेल्न प्रिमियर लिगको शीर्ष चारमा अटाउनु पर्छ । तर युनाइटेडको भने युरोपा लिगमा छनोट हुने सम्भावना जीवितै छ । 

यसका लागि उसले एफए कपको फाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्नुपर्ने छ । युनाइटेड ३५ खेलबाट ५४ अंक जोडेर लिगको आठौँ स्थानमा छ । क्रिस्टल ३६ खेलमा ४३ अंक जोडेको प्यालेस १४ औँ स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.