काठमाडौं । वेस्ट इन्डिज 'ए' र नेपालबीचको तेस्रो टी-ट्वेन्टी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । आरिफ शेख ३ रन बनाएर आउट भएका छन् । यसअघि विनोद भण्डारी १९ रन र अनिल साह १४ रनमा आउट भएका थिए । नेपालले अहिले १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ७७ रन बनाएर खेलीरहेको छ ।
टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजले आक्रामक सुरुवात गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको छ ।