वेस्ट इन्डिज 'ए'ले नेपाललाई दियो २२८ रनको लक्ष्य

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेस्ट इन्डिज 'ए'ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज 'ए'ले तेस्रो टी-ट्वेन्टी खेलमा नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले आक्रामक सुरुवात गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको छ ।

वेस्ट इन्डिजका लागि जोन्सन चाल्सले शतक प्रहार गरे । ६१ बल खेलका उनले ७ छक्का र १३ चौकाको मद्दतमा ११९ रन बनाए । यस्तै आन्द्रे फ्लिचरले ५३, एलिक एथान्जेले १७ र फाबिन एलेनले १९ रन बनाए ।

नेपालका लागि सागर ढकाल र करण केसीले समान १-१ विकेट लिए । पाँच खेलको टी-ट्वेन्टी शृंखलामा अहिले नेपाल र वेस्ट इन्डिज ए १-१ को बराबरीमा छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.