नेपालविरुद्ध वेस्ट इन्डिज 'ए'ले पहिले ब्याटिङ गर्ने

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालविरुद्ध वेस्ट इन्डिज 'ए'ले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपालविरुद्ध वेस्ट इन्डिज 'ए'ले पहिले ब्याटिङ गर्ने भएको छ । नेपाल र वेस्ट इन्डिजको 'ए' बीचको दोस्रो टी-ट्वेन्टी खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो । घरेलु टोली नेपाल र वेस्ट इन्डिजको 'ए' बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको दोस्रो खेल आज हुन लागेको हो । खेल टीयू क्रिकेट मैदानमा अहिले दिउँसो सवा १२ बाट सुरु हुँदैछ ।

हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर २ सय ६ बनाउँदै पूरा गर्‍यो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले १ सय १२ रनको शतकीय पारी खेले । हिजोको जितपछि नेपाल आज दोस्रो जित निकाल्ने लक्ष्यमा छ भने वेस्ट इन्डिज पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

रोहित पौडेको कप्तानीमा रहेको नेपाली टिमममा २० जना खेलाडी छन् । नेपालको टिममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, अनिल साह, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, ललित राजवंशी, आरिफ शेख र आकश चन्द छन् । यस्तै टिममा लोकेश बम, कमल सिंह ऐरी, सागर ढकाल र विनोद भण्डारी पनि छन् ।

रोस्टन चेशको कप्तानीमा रेहको क्यारेवियन टिममा दुई पटकका टी-ट्वेन्टी विश्वकप विजेता जोनसन चाल्स सामेल छन् । आन्द्रे फ्लेच, ओबेद म्याककोय, ओशेन थोमस एलिक एथानाजे, किमो पल र फबिएन एलेन पनि विश्व स्तरीय क्रिकेटरहरु हुन् ।

हेर्नुहोस् आजको प्लेइङ-११ :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.