संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान, संसद्‍मा अवरोध

वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान, संसद्‍मा अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसदका कुनै पनि काम-कारबाही अघि बढ्न नदिने जनाएको छ । 

आजदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै विरोध गरेका छन् । कांग्रेस सांसदहरुको विरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नु भयो । कांग्रेस सांसद गगन थापाले सरकारले प्रतिपक्षीको प्रश्नलाई दबाउन खोजेको र हेपेको भन्दै आक्रोश पोख्नु भयो । उहाँले संसदीय छानबिनबिना संसद चल्न नदिने अडान राख्नु भयो । 

२ बजे बोलाइएको बैठक दुई घण्टा ढिलो गरेर ४ बजेपछि बसेको थियो । संसद बस्नासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । लगत्तै सभामुख देवराज घिमिरेले कांग्रेस सांसद गगन थापालाई बोल्न समय दिनु भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.