पार्टी विभाजनलाई लिएर जसपा नेपाल अदालत जाने तयारीमा

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पार्टी विभाजनलाई लिएर जसपा नेपाल अदालत जाने तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ ।

पार्टी विभाजनपछिको अवस्थाबारे छलफल गर्न अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनु भएको हो । ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा जसपा नेपालबाट विभाजित भई बनेको नयाँ दललाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने विषयमा छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन् । 

बैठक लगत्तै केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गरिने प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । अशोक राईको नेतृत्वमा जसपा नेपालकै सात सांसदले नयाँ दल जनता समाजवादी पार्टी गठन गरेका छन् । जसपालाई सोमबार नै निर्वाचन आयोगले दर्ता गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.