सहकारीमा व्यक्ति केन्द्रित छानबिन रास्वपाले नमान्ने

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारीमा व्यक्ति केन्द्रित छानबिन रास्वपाले नमान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) सहकारी अनियमितता सम्बन्धी व्यक्ति केन्द्रित छानबिन स्वीकार नगर्ने भएको छ । 

आज बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सहकारीमा व्यक्ति केन्द्रित छानबिन नमान्ने निर्णय गरेको हो । रास्वपाले सहकारीको समग्र छानबिनमा बाधक भने नबन्ने निर्णय गरेको छ ।

बैठकमा आगामी वर्षे अधिवेशनमा संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारेमा पनि छलफल भएको थियो । संसद्को बजेट अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नेसमेत रास्वपा संसदीय दलले निर्णय गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.