जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको छ । 

पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री दाहालसँग छलफल गर्न उहाँ बालुवाटार पुग्नु भएको हो । उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उहाँ नेतृत्वको जसपा आइतबार फुटेको थियो ।

भ्रमण टुङ्ग्याएर सोमबार राति मात्र स्वदेश आइपुग्नु भएका यादव र प्रधानमन्त्री दाहालबीच यति बेला बालुवाटारमा पार्टी विभाजन पछिको परिस्थितिबारे छलफल हुँदै छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.