जसपाको नेतृत्व : केन्द्रीय अध्यक्ष अशोक राई, संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
जसपाको नेतृत्व : केन्द्रीय अध्यक्ष अशोक राई, संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ

काठमाडौं । अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेर आज जसपा बनेको हो । राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद्‌द्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा आज निवेदन दर्ता गराइएको छ ।

अध्यक्ष यादवसँग असन्तुष्टि जनाउँदै जसपाका राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी छाडेर नयाँ पार्टी घोषणा गरिएको हो । सह-अध्यक्ष, चार उपाध्यक्ष, एक महामन्त्रीले जसपा नेपाल छाडेका हुन् ।

पार्टी विभाजनका लागि राईसहित सात सांसद निर्वाचन आयोग पुग्नुभएको थियो । पार्टीको केन्द्रीय अध्यक्ष राई बन्नुभएको छ भने संघीय परिषद् अध्यक्ष राजेन्द्र बन्नुभएको छ ।

२९ जना केन्द्रीय सदस्यसहित उनीहरु निर्वाचन आयोगमा पुगेका हुन् ।

यसअघि जनता समाजवादी पार्टी नेपाल नाम रहेको उपेन्द्र यादव नेतृत्वको पार्टी अब जनता समाजवादी पार्टी नामबाट आयोगमा दर्ताका लागि नेताहरु पुगेका हुन् ।

जसपा नेपालमा १२ प्रतिनिधिसभा सदस्य थिए । अब उपेन्द्र यादवसँग पाँचजना मात्रै छन् । उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री यादवसँग क्याबिनेटमा रहेका साह भने नयाँ दलमा सामेल हुनुभएको छ । सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पनि नयाँ दलमै पुग्नुभएको छ ।

जसपा विभाजनको प्रभाव संघीय र प्रदेश सरकारमा पनि पर्ने देखिन्छ । नेतृत्व सत्ता र शक्तिको लोभमा फस्दा नेपालका राजनीतिक दलहरु बारम्बार फुट्ने पुरानै प्रवृत्ति हो । जसपा विभाजनको प्रभाव संघीय र प्रदेश सरकारमा पनि पर्ने देखिन्छ ।

चार जनालाई उपाध्यक्ष बनाइएको छ भने मोहम्मद इस्तियाक राई महासचिव र प्रदीप यादवलाई उपमहासचिव बनाइएको छ ।

जसपा नेपालका सांसद प्रकाश अधिकारीले भने पार्टी विभाजित नभएको दाबी गर्दै केही व्यक्तिहरुले पार्टी छाडेर गएको बताउनुभयो । ३७५ जनाको केन्द्रीय समितिमा दल विभाजनका लागि ४० प्रतिशत नपुग्ने पनि उहाँको दाबी छ ।

जसपा विभाजनको प्रभाव संघीय र प्रदेश सरकारमा पनि पर्ने देखिन्छ । मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरकार छ । ६ वटा प्रदेशमा जसपाका २० जना सदस्य छन् ।

२०७२ जेठमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकीकरण भएर संघीय समाजवादी फोरम बनेको थियो । राईले २०६९ मंसिरमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुभएको थियो ।

पाँच सांसद लिएर यादवसँग एकता गर्नुभएका राई समूहले अहिले सात सांसद लिएर पार्टी विभाजन गरेको हो । उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादव भने अमेरिका भ्रमणमा हुनुहुन्छ ।

यो पनि...

जसपा फुट्यो, पार्टी विभाजनका लागि अशोक राई पुगे निर्वाचन आयोग (तस्बिरसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.