जसपा फुट्यो, पार्टी विभाजनका लागि अशोक राई पुगे निर्वाचन आयोग (तस्बिरसहित)

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
जसपा फुट्यो, पार्टी विभाजनका लागि अशोक राई पुगे निर्वाचन आयोग (तस्बिरसहित)

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटेको छ

अशोक राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद्‌द्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।

अध्यक्ष यादवसँग असन्तुष्टि जनाउँदै जसपाका राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी छाड्ने घोषणा गरेका हुन् ।

जसपाका सात सांसद निर्वाचन आयोगमा पार्टी विभाजनका लागि पुगेका हुन् । २९ जना केन्द्रीय सदस्यसहित उनीहरु निर्वाचन आयोगमा पुगेका हुन् ।

यसअघि जनता समाजवादी पार्टी नेपाल नाम रहेको उपेन्द्र यादव नेतृत्वको पार्टी अब जनता समाजवादी पार्टी नामबाट आयोगमा दर्ताका लागि नेताहरु पुगेका हुन् ।

तस्बिरहरु : सुरज खड्का/कान्तिपुर टेलिभिजन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.