काभ्रेमा भन्सार छली गरी ल्याएको कपडा बरामद

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेमा भन्सार छली गरी ल्याएको कपडा बरामद

काभ्रे । धुलिखेल नगरपालिका वडा-९ काभ्रेभन्ज्याङमा भन्सार छली गरेर ल्याइएको कपडा बरामद गरिएको छ ।

काभ्रेभञ्ज्याङस्थित वीपी राजमार्ग सडकखण्डमा सवारी साधनहरु चेकजाँचका क्रममा प्रहरीले रामेछाप मन्थलीबाट काठमाडौं आउँदै गरेको बा१२च ५५८२ नम्बरको गाडीमा अवैध रुपमा ल्याइएको कपडाहरू बरामद गरेको हो ।

प्रहरीले सारी १ सय २, लेहङ्गा ४२ र पातलो जालीसहितको भित्री कपडा ४० थान रहेको जनाएको छ । उक्त कपडा काभ्रेभन्ज्याङ अस्थाइ प्रहरी पोस्टले बरामद गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.