एमालेसँग समीकरण बनाएर सरकार गठनको सम्भावना छैन : रमेश लेखक

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेसँग समीकरण बनाएर सरकार गठनको सम्भावना छैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका विषयमा नेकपा एमालेसँग कुनै छलफल नभएको दाबी गरेको छ । कांग्रेसले तत्काल एमालेसँग समीकरण बनाएर सरकार गठनको सम्भावना पनि नरहेको जनाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज पत्रकार सम्मेलन गरी एमालेसँग मिलेर सरकार गठनको सम्भावना नरहेको बताउनुभएको हो ।

उहाँले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्न नागरिक अगुवादेखि पार्टीका नेताहरुबाटै सुझाव आए पनि त्यसबारे छलफल नभएको दाबी गर्नुभएको हो । वैकल्पिक गठबन्धन बनाउन कांग्रेसले गरेको आन्तरिक छलफलकै कारण जनता समाजवादी पार्टी विभाजित भएको भन्ने विषयमा पनि कुनै सत्यता नभएको उहाँको भनाइ थियो ।

प्रमुख सचेतक लेखकले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग यथावत् रहेको स्पष्ट पार्नुभयो । प्रमुख सचेतक लेखकले संसदीय समितिबाट विधेयकहरु अघि बढ्न नसक्नुको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.