काभ्रेको बुडोलस्थित शान फर्निचरमा हिजो राति भएको आगलागी नियन्त्रणमा

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेको बुडोलस्थित शान फर्निचरमा हिजो राति भएको आगलागी नियन्त्रणमा

काभ्रे । काभ्रेको बनेपा नगरपालिका- ६ बुडोल डाँडाको शान फर्निचरमा हिजो राति आगलागी भएको हो ।

बनेपा-६ बस्ने रोशन श्रेष्ठले सञ्चालन गरेको उक्त फर्निचरमा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहान ५ बजे आगो नियन्त्रणमा लिइसकेको छ । 

हिजो राति ९ लागेको आगोले कति क्षति गर्‍यो भन्ने विवरण भने आउन बाँकी नै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.