काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति असन्तुष्टी जनाउनु भएको छ ।
भारतीय विदेशमन्त्रालयको नियमित प्रेस मिटमा सोधिएको एक प्रश्नको जवाफ दिदै उहाँले आफूले नेपाल सरकारको निर्णय सुनेको तर यस विषयमा भारतको स्पष्ट धारणा रहेको बताउनुभयो ।
सीमा क्षेत्र र नक्साका विषय दुई देशीय विषय भएकाले नेपालले गरेको एकल निर्णयको अर्थ नरहेको पनि उहाँले बताउनुभयो । धरातलीय यथार्थताका आधारमा निर्णय गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।
यो पनि...