निर्माणाधीन घरबाट खसेर मजदुरको मृत्यु

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
निर्माणाधीन घरबाट खसेर मजदुरको मृत्यु
प्रतीकात्मक तस्बिर

भक्तपुर । भक्तपुरमा निर्माणाधीन घरको दुई तलामाथि झ्याल जडान गर्ने क्रममा एक मजदुरको खसेर मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका ८, बोडेमा खगेन्द्र पराजुलीको निर्माणधीन साढे तीनतले पक्की घरको दोस्रो तल्लाको बाहिरी पर्खालमा झ्याल हाल्ने क्रममा बाराको महागढी नगरपालिका ७ का १७ वर्षीय विकासकुमार गुप्ताको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी खस्दा पर्खालको रेलिङमा ठोक्किएर सख्त घाइते भएका थिए । उनलाई उपचारका लागि कोरियनमैत्री अस्पताल लगिएको थियो ।

बिहीबार मध्याह्न घाइते भएका गुप्ताको उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.