संसद्‌को बजेट अधिवेशन आह्वान

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद्‌को बजेट अधिवेशन आह्वान

काठमाडौं । संसद्‌को बजेट अधिवेशन आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌को बजेट अधिवेसन वैशाख २८ गते दिउसो २ बजे बस्ने गरी आह्वान गर्नु भएको हो ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका समामुखलाई पत्राचार गर्दै संघीय संसद्‌का दुवै अधिवेशन आह्वान गर्नु भएको हो । आजै बसेको मन्त्रिपरिषदको बैठकले संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकले यही २३ गते हुन लागेको जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको अवसरमा हुने दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी अख्तियारी दिने निर्णय गरेको छ ।

बैठकले समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.