डढेलोबाट डोल्पामा ६ जनाको मृत्यु, ८,७३० हेक्टरमा क्षति

वैशाख २०, २०८१ |सरोज थापा
डढेलोबाट डोल्पामा ६ जनाको मृत्यु, ८,७३० हेक्टरमा क्षति

डोल्पा । डोल्पामा हालसम्म आगलागीबाट ६ जनाको मृत्यु भएको छ ।

आगो निभाउने क्रममा तीन सैनिकको जलेर मृत्यु भएको छ । यस्तै गुच्ची स्याउ टिप्न गएका तीनजना पनि वनमा लागेको डढेलोमा परेर मृत्यु भएको छ ।

डढेलोकै कारण ४३ पशु चौपाया र १७ वटा गोठ जलेका छन् । सामुदायिक वन क्षेत्रमा ५०१० हेक्टर र राष्ट्रिय वनतर्फ ३६४० हेक्टरमा डढेलोले क्षति पुर्‍याएको जिल्ला वन कार्यालय डोल्पाका प्रमुख मुनबहादुर रावलले जानकारी दिनुभयो ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।