धादिङमा आगलागीमा परेर दुई जनाको मृत्यु

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
धादिङमा आगलागीमा परेर दुई जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

धादिङ । धादिङको थाक्रेमा आगलागीमा परेर २ जनाको मृत्यु भएको छ । बुधबार राति थाक्रे गाउँपालिका-५ पुरानडाँडा घट्टे खोलामा रहेको तेज बहादुर लामाको घरमा आगलागी हुँदा करिब ७० वर्षीय तेज बहादुर लामा र उहाँकी पत्नी ठुली लामाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेलुका करिब सवा १० बजे तिर घरमा खाना खाइरहेको बेला एक्कासी घरमा आगो लागेको थियो । आगलागीबाट घरमा रहेको अन्न, लत्ताकपडा लगाएत सबैथोक जलेर नष्ट भएको छ । आगो कसरी लाग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.