आफूमाथि थ्रेट आएको भन्दै रामहरि श्रेष्ठकी श्रीमती सुरक्षा खोज्दै गृह मन्त्रालयमा

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
आफूमाथि थ्रेट आएको भन्दै रामहरि श्रेष्ठकी श्रीमती सुरक्षा खोज्दै गृह मन्त्रालयमा

काठमाडौं । स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर सुरक्षाको प्रत्याभूति दिन माग गर्नुभएको छ । 

रामहरि श्रेष्ठको हत्याको आरोपमा कालीबहादुर खाम पक्राउ परेपछि आफूमाथि थ्रेट आएको भन्दै छोरालाई समेत लिएर उहाँ सुरक्षा माग्न गृहमन्त्रालय पुग्नु भएको हो । जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै प्रक्रियाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिनुभयो ।

घटनाको १६ वर्षपछि आरोपित पक्राउ पर्दा न्यायको आश जागेको भन्दै रमिलाले राजनीतिक पहुँचको आधारमा पक्राउ परेका खाम तत्कालै छुट्ने हुन् कि भन्ने आशंका व्यक्त गर्नुभयो । जवाफमा गृहमन्त्री लामिछानेले अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने भन्दै अदालतले पीडितलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री लामिछानेले सरकारको नेतृत्वमा कुन दलको को छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने पनि स्पष्ट पार्नुभयो । माओवादी केन्द्र नेतृत्वको सरकारका बेला सोही दलका नेता खामविरुद्ध कारबाही हुनेमा श्रेष्ठले शंका व्यक्त गर्नुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement