टुँडिखेलमा घोडेजात्राको रौनक (फोटो फिचर)

चैत्र २६, २०८० |न्युज एजेन्सी नेपाल
टुँडिखेलमा घोडेजात्राको रौनक (फोटो फिचर)

काठमाडौं । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा पर्व मनाएको छ ।

अघिल्ला वर्षहरुमा झैँ यस वर्ष पनि सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम गरी घोडेजात्रा मनाएको हो । घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्रीहरु, कर्मचारी प्रशासनका पदाधिकारीहरु, विभिन्न सुरक्षा निकायका प्रमुखहरुलगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

समारोहमा सेनाले विभिन्न खेल तथा कला, कौशलहरु प्रस्तुत गरिएको थियो । समारोहमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

घोडेजात्रा हरेक वर्ष चैत्र कृष्ण औंशीका दिनमा मनाइने गरिन्छ ।

परापूर्वकालदेखि उपत्यकाको मानव बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा पर्व मनाइएको पाइन्छ । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ ।

हेरौं थप तस्बिर :


Image

न्युज एजेन्सी नेपाल

कान्तिपुर टेलिभिजन न्युज एजेन्सी नेपालको आधिकारिक ग्राहक हो ।