फुस्रेदेखि साँगुरीगढीसम्म एकीकरण पदयात्रा (फोटो फिचर)

पुस २७, २०८० |विनोद घिमिरे
फुस्रेदेखि साँगुरीगढीसम्म एकीकरण पदयात्रा (फोटो फिचर)

धनकुटा । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसर पारेर सेनाले धरानको फुस्रेदेखि साँगुरीगढीसम्म एकीकरण पदयात्रा सञ्चालन गरेको छ ।

नेपाल एकीकरणका क्रममा प्रयोग भएको बाटो र गढीहरुको संरक्षण र प्रवर्द्धन गर्न भन्दै पदयात्राको आयोजना गरेको हो । नेपाल एकीकरणका क्रममा १८३१ मा गोर्खाली सेनाले धरानको फुस्रे हुँदै चिउरीबास, साँगुरीगढी, गोलखाडी, आशकोट, हुकाबास, बेलहराबेसी, उत्तरपानी, अँधेरी खोला, पाटीगाउँ, अर्खौले जितपुर, नागेश्वर तथा लेगुवाघाटको बाटो प्रयोग गरेको थियो ।

पदयात्रामा सेना, स्थानीयतहका पदाधिकारी, विद्यार्थी, स्थानीय बासिन्दा, होटेल एसोसिएसनका पदाधिकारीलगायत सहभागी थिए । पृथ्वीनारायण शाहले चलाएको एकीकरण अभियानलाई सम्झेर हिलेस्थित सेनाको २ नम्बर बाहिनी, सल्लेरीको भीमदल गण र सुनसरीमा रहेको कृष्णदल गणले पदयात्राको आयोजना गरिएको इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनाका पृतनापति उपरथी आशबहादुर तामाङले जनाए ।

ऐतिहासिकताको संरक्षण र साँगुरीगढी तथा भेडेटार क्षेत्रको प्रवर्द्धनका लागि पदयात्रा सञ्चालन गरिएको धनकुटाको सल्लेरीस्थित नेपाली सेनाको भीमदल गणका गणपति सुमन थापाको भनाइ छ । पदयात्राका क्रममा सेनाले साकेला, तामाङ सेलो र ऐतिहासिक छलिया नृत्य प्रस्तुत गरेको थियो ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।