महिला भलिबलमा सफलताका नायक - जगदीश भट्ट

पुस २१, २०७८
महिला भलिबलमा सफलताका नायक - जगदीश भट्ट

राष्ट्रिय महिला भलिबल टिमको मुख्य प्रशिक्षक जगदिश भट्ट, खेलाडी जीवनबाट संन्यास लिँदा करियरको उच्च फर्ममै थिए । सन् २००४ मा पाकिस्तानमा भएको नवौं दक्षिण एसियाली खेलकुदपछि उनले खेल जीवन टुंग्याउने निर्णय गरे । उनी आफ्ना अधुरा सपना प्रशिक्षक बनेर पुरा गर्नतर्फ लागे र सफल पनि भइरहेका छन् ।  महिला टिमले प्राप्त गरेका पछिल्ला उपलब्धिका नायक बनेका उनी एसियामै उत्कृष्ट बन्‍ने चाहना राख्छन् । 

सुदूरपश्चिमबाट उदाएका जगदिशले नेपाली भलिवललाई उज्यालो बनाउने काम गरिरहेका छन् । १० वर्षे खेलाडी जीवन टुंग्याएर प्रशिक्षक बन्‍न आइपुग्नुमा उनको जीवनमा भएको एउटा पीडादायक घटनाले काम गरेको छ । 

 

यसले नेपाली भलिबल कुन स्तरमा थियो भन्ने प्रस्ट पार्छ । त्यसवेला राष्ट्रिय टिमबाट खेल्ने विभाग बाहिरका एक्ला खेलाडी जगदिश मात्र हुन्थे । खेल जीवन टुंग्याउदै २००६ मा भएको दशौं सागमा भाग लिँदा उनी प्रशिक्षक भइसकेका थिए । पुरुष टिमले २०१७ मा जगदिशकै नेतृत्वमा सेन्ट्रल जोनमा ऐतिहासिक कास्य पदक जितेको थियो  । २०१९ मा पहिलो पटक महिला टिमले यही प्रतियोगितामा स्वर्ण जित्यो । जुन नेपाली भलिवलले प्राप्त गरेको पहिलो ठूलो सफलता थियो ।

उनका बाबुआमाको चाहना डाक्टर बनाउने थियो तर विद्रोह गरेर भलिवलमा होमिए । खुशीले रोजेको पेशा भएकाले उनलाई खासै गुनासो छैन । तर प्रशिक्षक भएको यतिका वर्षसम्म पनि बढुवा नहुँदा भने उनी खिन्न देखिन्छन् । 

पूर्वाधारको अभाव, राज्यको शून्य लगानीका बीच अन्तर्राष्ट्रिय उपाधी दिलाइरहेका जगदिश एसियामै पनि अब्बल हुन चाहन्छन् ।