सरोकारमा प्रश्न- ओली-दाहालको ‘मुभ’ले कांग्रेस डराएको हो ?

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरोकारमा प्रश्न- ओली-दाहालको ‘मुभ’ले कांग्रेस डराएको हो ?

नेकपा एमाले र माओवादीसहितको नयाँ समीकरण बनेदेखि नै विपक्षी दल नेपाली कांग्रेस पुष्पकमल दाहाल सरकार ढाल्न विभिन्न विकल्पको प्रयोगमै छ । पहिलो विकल्प एमालेसँग मिलेर सरकार बनाउने उसको चाहनालाई अध्यक्ष केपी ओलीले अस्वीकृत गरेपछि दोस्रो विकल्पमा एमाले, माओवादी र रास्वपा बेगरको वैकल्पिक गठबन्धन बनाउने योजना सुरु भएको थियो ।

जसमा कांग्रेस, जसपा र एकीकृत समाजवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी तीन दलका शीर्ष नेताहरूले भेटघाटलाई तीव्र बनाएका थिए । १३९ सांसदको समर्थनमा नयाँ गठबन्धनको सरकार बनाउने योजना जनता समाजवादी पार्टीको विघटनपछि तत्कालका लागि तुहिएको छ ।

दल विभाजनपछि उपेन्द्र पक्ष सरकारबाट बाहिरिए पनि प्रधानमन्त्री दाहाल पर्याप्त बहुमतमै छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी गठबन्धनमै रहने भएकाले यो पार्टीको १० सिट पनि तत्काललाई सुरक्षित नै छ ।

दाहाल सरकार थप बलियो वा गठबन्धनभित्र चरम असन्तुष्टिको संकेत ? जसपा विभाजनले एक तीर दुई सिकार अर्थात् माधव नेपालको बार्गेनिङ पावर समाप्त, वैकल्पिक गठबन्धन बनाउने कांग्रेसको योजना कमजोर बनेको हो ? अब कांग्रेससँग के छन् विकल्प ? यो सरकारको आयु कति ? सरोकारको आजको अंकमा नेकपा एमालेका गोकुल बाँस्कोटा र नेपाली कांग्रेसका सहमहामन्त्री नेता महेन्द्र यादवसँग विकास थपलियाले गरेको बहस ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.