ब्राजिलमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो

कम्तीमा ७२ जना बेपत्ता
प्रभावित क्षेत्रमा आपत्‌काल घोषणा
वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
ब्राजिलमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो

काठमाडौं । ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा लगातारको भीषण वर्षाबाट आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । कम्तीमा ७२ जना बेपत्ता भएका छन् ।

लगातारको वर्षाका कारण त्यहाँका करिब ५ सय सहर डुबानमा परेका छन् र १ लाख १५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । निरन्तरको वर्षाले विपत्ति निम्त्याएपछि राज्य सरकारले आपत्‌काल घोषणा गरेको छ । वर्षाले उक्त राज्यको जलविद्युत् गृहमा क्षति पुर्‍याएपछि करिब तीन लाख मानिस अन्धकारमा बस्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

उक्त जलविद्युत् केन्द्रको बाँध भत्किँदा नदीको पानी सहरभित्र पसेको बताइएको छ । त्यस्तै सोही क्षेत्रमा रहेका अन्य विद्युत् गृहका बाँध पनि भत्किन सक्ने भन्दै सचेत हुन आग्रह गरिएको छ । त्यहाँको मौसम विभागले उक्त क्षेत्रमा अझै वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सचेत हुन आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.