गाजाका विभिन्न स्थानमा इजरायलको आक्रमण, १८ जनाको मृत्यु

युद्ध विरामका लागि वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाँदै
वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजाका विभिन्न स्थानमा इजरायलको आक्रमण, १८ जनाको मृत्यु

काठमाडौं । इजरायलको बमवर्षक विमानले गाजाका विभिन्न स्थानलाई निशाना बनाएर गएराति हमला गर्दा १८ जनाको मृत्यु भएको छ । इजरायलको बमवर्षक विमानले रफाहका आवासीय भवनलाई लक्षित गरी गरेको आक्रमणमा परी ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै गाजाको पश्चिमी र दक्षिणी क्षेत्र लक्षित हवाई हमलामा सात जनाको मृत्यु भएको बताइएको छ । पश्चिमा दबाबलाई बेवास्ता गर्दै इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेको छ । आक्रमणलाई मध्यनजर गरी युद्ध विश्रामका लागि हमासका प्रतिनिधिहरु आज इजिप्टको कायरो प्रस्थान गर्ने भएका छन् ।

त्यहाँ युद्ध विश्रामका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टका प्रतिनिधिले हमासका प्रतिनिधिसँग छलफल गर्ने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.