त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले थर्काए रजिस्ट्रार (भिडियोसहित)

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले थर्काए रजिस्ट्रार (भिडियोसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको एक समूहले आज आफूहरुलाई नसोधी कर्मचारी सरुवा गरेको भन्दै रजिस्ट्रार केदार रिजालप्रति आक्रोश व्यक्त गरेका छन् ।

महाशाखाका सह-प्रशासक भीमबहादुर श्रेष्ठलाई त्रिवि शिक्षण अस्पतालको प्रशासन प्रमुखमा सरुवा गरिएपछि संघका अध्यक्ष छत्र कार्कीसहितको समूहले रजिस्ट्रारको कार्यकक्ष पुगेर आक्रोश पोखेको हो ।

रजिस्ट्रारको निर्णयमा आफूहरुलाई प्रश्न सोध्ने अधिकार रहेको भन्दै उनीहरुले यसलाई हस्तक्षेपको रुपमा लिने हो भने यस्तो हस्तक्षेप सुरु हुने चेतावनी दिएका थिए ।

विश्वविद्यालयले भने कर्मचारी कुनै पनि ठाउँमा सरुवा गर्न सक्ने अधिकार रहेको र निर्णय लागु हुने जनाएको छ ।

यता शिक्षा मन्त्रालयले घातक रोग लागेर उपचाररत शिक्षकबाहेक काजमा रहेका अन्य सबै सामुदायिक विद्यालयका शिक्षकको काज फिर्ता गर्ने निर्णय पनि गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.