उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा श्रेष्ठसहित पूरै प्यानल निर्वाचित

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा श्रेष्ठसहित पूरै प्यानल निर्वाचित

सल्यान । सल्यान उद्योग वाणिज्य संघको अध्यक्षमा वीरेन्द्रकुमार श्रेष्ठ र उहाँ नेतृत्वको प्यानलले नै निर्वाचित भएको छ । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको समर्थनमा संयुक्त व्यावसायिक प्यानलका सबै उम्मेदवार विजयी हुनुभएको हो । 

अध्यक्षमा निर्वाचित श्रेष्ठले ७ सय ७० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी भरत कुमार बस्नेतले ६ सय ३५ मत पाउनु भयो । नेपाली कांग्रेस र राप्रपाको समर्थनमा संयुक्त लोकतान्त्रिक व्यावसायिक प्यानलबाट बस्नेत नेतृत्वका उम्मेदवारहरूले प्रतिस्पर्धा गर्नु भएको थियो । 

यस्तै संयुक्त व्यावसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्रकुमार थापाले ८ सय ५५, वाणिज्य उपाध्यक्षमा राजेन्द्रबहादुर भण्डारीले ९ सय ४५, उद्योग उपाध्यक्षमा पलवीर नेपालीले ७ सय ३६, महासचिवमा मोहन सारुले ८ सय ६०, सचिवमा रनबहादुर खडकाले ७ सय ८५ र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले ८ सय ५६ मत प्राप्त गरेर विजयी बनेको निर्वाचन संयोजक वीरबहादुर सेजवालले जानकारी दिनुभयो ।

निकटतम प्रतिस्पर्धी संयुक्त लोकतान्त्रिक व्यावसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसीले ५ सय १०, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढाले ४ सय १३, उद्योग उपाध्यक्षमा हपिस भण्डारीले ६ सय २७, महासचिवमा मानबहादुर वलीले ५ सय १, सचिवमा ईन्द्रा भण्डारीले ५ सय ७१ र कोषाध्यक्षमा कमल घर्तिमगरले ४ सय ६५ मत प्राप्त गर्नु भयो । 

यस्तै सदस्यहरूमा संयुक्त व्यावसायिक प्यानलका सबै उम्मेदवारहरू विजयी हुनुभएको छ । १ हजार ९२६ मतदाता सङ्ख्या रहेकोमा नयाँ नेतृत्व चयनका लागि शनिबार १ हजार ४९५ मत खसेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement