तरुल किन्नेको चटारो (फोटो फिचर)

पुस २९, २०८० |न्युज एजेन्सी नेपाल
तरुल किन्नेको चटारो (फोटो फिचर)

काठमाडौं । माघे संक्रान्तिका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ ।

काठमाडौंका तरकारी बजारमा विभिन्नथरीका तरुल अहिले बिक्री भइरहेको छ । काठमाडौं उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्छ । साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रे र नुवाकोटका तरुलहरु पनि काठमाडौंमा माघे संक्रान्तिका लागि बिक्री हुने गर्छन् ।

नेपाली किसानले धेरैथरीका तरुल खेती गर्छन् । जसमध्ये घर तरुल, वन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ ।

माघे संक्रान्तिमा तरुलसँगै पिँडालु, सखरखण्ड पनि खाइन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज तरुल ६० देखि ७० रुपैयाँ प्रतिकेजी, पिँडालु ७० देखि ८० रुपैंया प्रतिकेजी र सखरखण्ड ७० देखि ८० रुपैंया प्रतिकेजीमा बिक्री भइरहेको छ ।

हेरौं थप तस्बिर :


Image

न्युज एजेन्सी नेपाल

कान्तिपुर टेलिभिजन न्युज एजेन्सी नेपालको आधिकारिक ग्राहक हो ।