काठमाडौं । वेस्ट इन्डिज 'ए'सँगको पाँच दिवसीय टि-ट्वान्टी अन्तर्गत जारी पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन् । टीयू क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य पच्छाइरहेको नेपालका लागि कप्तान पौडेलले ४७ बलमा १ सय २ रन बनाएका हुन् । नेपाल अहिले १७ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रनमा खेलिहरेको छ । रोहितलाई विवेक यादवले साथ दिइरहेका छन् । नेपालले पछिल्लो विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी २४ रनमा गुमायो । नेपाल १६ दशमलब ३ ओभरमा ४ विकेट गुमाई १ सय ६१ रन बनाएर खेलिरहेको छ । नेपालका ओपनर अनिल साह ५ रन, कुशल भुर्तेल १६ र कुशल मल्ल पनि १६ रनमा आउट भए ।
टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' ले रोस्टन चेजको सर्वाधिक ७४ रनसहित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । ४६ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे । यस्तै एलिक एथान्जेले ४७ र केइसी कार्टीले ३८ रन बनाए । नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १-१ विकेट लिए ।
नेपाल र वेस्ट इन्डिज 'ए'बीचको खेल कान्तिपुर टेलिभिजन, कान्तिपुर टेलिभिजनको एप, कान्तिपुर म्याक्स र कान्तिपुर म्याक्सको युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण भइरहेको छ ।