हेटौंडा । बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते संसद्को हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिबेशन बोलाउन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
गत वैशाख १२ गते अन्त्य भएको प्रदेश सभा प्रि-बजेट छलफलका लागि वैशाख ३१ गते बोलाउने निर्णय भएको हो ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश नीति योजना आयोगका सदस्यमा दीपेन्द्र श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।
-फाइल तस्बिर