बझाङ । बझाङ १ मा एमालेका दमनबहादुर भण्डारीले ५६८ मतको अग्रता लिनु भएको छ ।
प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको अहिले मतगणना जारी छ । मतगणनाको पछिल्लो जानकारी अनुसार एमालेका दमनबहादुर भण्डारी अगाडि नै हुनुहुन्छ ।
उहाँले चार हजार १५८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले तीन हजार ५९० मतले पछ्याइरहनु भएको छ भने सिंहलाई माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ९६ मतले पछ्याउँदै हुनुहुन्छ ।