इलाम-२ उपनिर्वाचनमा विजयी सुहाङलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम-२ उपनिर्वाचनमा विजयी सुहाङलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र

काठमाडौं । इलाम-२ को उप निर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ ।

इलाम सदरमुकाममा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई प्रमाणपत्र दिनुभएको हो । प्रमाणपत्र लिँदै नेम्वाङले आफूले मतदातासँग गरेका वाचा पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

शनिवार भएको निर्वाचनमा नेम्वाङ २७ हजार ७ सय ७२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभयो । गत भदौ २६ गते एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि गत वैशाख १५ गते उप निर्वाचन भएको हो । सुवास नेम्वाङका छोरा सुहाङ विजयी बनेपछि आज इलाममा एमालेले विजयसभा आयोजना गरेको छ । सभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली इलाम पुग्नु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.