इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम । शनिबार भएको उपनिर्वाचनमा इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।

एमालेका नेम्वाङले २७ हजार ७७२ मत पाउनु भएको हो भने कांग्रेसका खड्काले २१ हजार ९४२ मतमै चित्त बुझाउनु पर्ने स्थिति बन्यो । १९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएको यस उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मत मात्रै पाउनु भयो ।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम- २ बाट निर्वाचित हुनुभएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा-१ बाट निर्वाचित हुनुभएका पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए । निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको हो । इलाम-२ बाट निर्वाचित भएका सुहाङ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुनुहुन्छ ।

प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेम्वाङलाई निर्वाचन आयोगले ११ बजे प्रमाणपत्र प्रदान गर्ने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

बझाङ प्रदेशसभा-१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको हो ।

सम्बन्धित समाचार...

यी चार कारण; जसले इलाम- २ को उपनिर्वाचनमा रास्वपालाई अगाडि आउन दिएनन्

बझाङबाट प्रदेशसभामा एमालेले खोस्यो कांग्रेसको सिट

बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी २ सय ६७ मतान्तरले विजयी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.