इलाम । इलाम-२ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो गणनाअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिनु भएको छ । सुरुवातदेखि अगाडि रहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ३ सय ४५ मतले नेम्वाङभन्दा पछाडि पर्नु भएको छ । नेम्वाङको २५ सय ४२ मत आएको छ भने खड्काले २१ सय ९७ मत पाउनु भएको छ ।
फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १,२ र ३ को मतगणना सकिँदा एमालले अग्रता बनाएको हो । अहिलेसम्म ५ हजार ७ सय ७८ मत गणना भइसकेको छ ।
यसैगरी, स्वतन्त्र उम्मेद्वार डेकेन्द्रसिंह थेगिमलाई ५ सय ९३ मत प्राप्त भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ३ सय ७९ मत पाउनु भएको छ ।