काठमाडौं । बझाङ प्रदेशसभा-१ मा मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो । हिजो इलाम-२ र बझाङ प्रदेशसभा-१ मा उपनिर्वाचनका लागि मतदान भएको थियो ।
अहिले सर्वदलीय बैठक बसेर बझाङमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । बझाङमा ५० प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको निर्वाचन आयोगले जनाएको छ । इलाम-२ मा भने बिहानबाटै मत गणना सुरु भएको छ ।