भक्तपुरको आस्था महिला विद्यालयबाट १२ गृहणी एसईईमा सहभागी हुँदै

चैत्र १०, २०८० |कान्तिपुर टीभी संवाददाता
भक्तपुरको आस्था महिला विद्यालयबाट १२ गृहणी एसईईमा सहभागी हुँदै

भक्तपुर । यस वर्षको एसईईमा भक्तपुरका १२ गृहिणी पनि सहभागी हुने भएका छन् ।

आस्था महिला विद्यालयमा अध्ययरत ३० देखि ६० वर्ष उमेर समूहका गृहिणी परीक्षामा सहभागी हुन तयारी पूरा गरेका हुन् । विभिन्न कारणले विद्यालय शिक्षाबाट वञ्चित महिलाले भक्तपुरमा सञ्चालित आस्था महिला विद्यालयमा कक्षा पाँचदेखि औपचारिक शिक्षा लिँदै आएका छन् ।

२०६५ सालमा स्थापना भएको यो विद्यालयबाट २०६९ सालदेखि हालसम्म १५० जनाले एसएलसी र एसईई दिइसकेका छन् । यस वर्ष १२ जना सहभागी हुने विद्यालयले जनाएको छ ।

यस वर्षको एसईईका लागि देशभरबाट पाँच लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका छन् । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्लामा पठाइसकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी गरी ७७ हजार जनशक्ति परिचालन गरिँदै छ ।

यो पनि...

एसईईको तयारी पूरा, ५ लाख विद्यार्थी सहभागी हुँदै

एसइईमा उत्कृष्ट विद्यार्थीलाई वडाले १ लाख नगद पुरस्कार दिने

यस वर्ष एसईईमा ५ लाख ४ हजार विद्यार्थी सहभागी हुँदै, विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन सुझाव


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement