एसइईमा उत्कृष्ट विद्यार्थीलाई वडाले १ लाख नगद पुरस्कार दिने

चैत्र २, २०८० |कान्तिपुर टीभी संवाददाता
एसइईमा उत्कृष्ट विद्यार्थीलाई वडाले १ लाख नगद पुरस्कार दिने

अछाम । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ ले यस बर्ष एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई एक लाख नगद पुरस्कार दिने भएको छ । वडामा बसेको बैठकले विद्यालयमा विद्यार्थीको पहुँच बनाउन र उच्च शिक्षा हासिल गर्न बिद्यालयमा आकर्षित गराउने उद्देश्यले पुरस्कारको घोषणा गरिएको वडाध्यक्ष प्रकाशबहादुर अधिकारीले बताए ।

‘एसइईमा गाउँपालिका प्रथम भएकालाई एक लाख दिने भनेका छौँ,’ उनले भने, ‘वडा प्रथम भएकालाई ५० हजार दिने निर्णय गरेका छौँ ।’

यस्तै कक्षा ८ मा गाउँपालिका प्रथम हुनेलाई २१ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार नगद पुरस्कार दिइनेसमेत वडाध्यक्ष अधिकारीले जानकारी दिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement