एआई प्रविधिका कारण मानवअधिकारमा थप संकट पैदा भएको एम्नेस्टीको ठहर

अन्तर्राष्ट्रिय कानुनको अवहेलना गर्दा द्वन्द्वमा परेका सर्वसाधारण पीडित बन्नुपरेको प्रतिवेदन सार्वजनिक
वैशाख १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
एआई प्रविधिका कारण मानवअधिकारमा थप संकट पैदा भएको एम्नेस्टीको ठहर

काठमाडौं । मानव अधिकार उल्लंघनका घटना बढ्दै गएको र द्वन्द्वका कारण सर्वसाधारण बढी प्रभावित भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनल नेपालले विश्वको मानवअधिकार अवस्था' प्रतिवेदन आज सार्वजनिक गरेको हो । कृत्रिम बोद्धिकता अर्थात् एआई प्रविधिका कारण मानवअधिकारमा थप संकट पैदा भएको एम्नेस्टीको ठहर छ । सरकारहरूले अन्तर्राष्ट्रिय कानुनको अवहेलना गर्दा द्वन्द्वमा परेका सर्वसाधारण पीडित बन्नुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै महिला, बालबालिका, सीमान्तकृत समुदाय, यौनिक अल्पसङ्ख्यकको अधिकार खोसिएको पाइएको छ । निर्वाचनहरूमा प्रविधिको प्रयोग गरी घृणा, विभाजन र विभेद भड्काउने खतरा रहेको पनि प्रतिवेदनमा छ । 

एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदन १५५ देशको मानव अधिकारको अवस्थाको मूल्यांकनसहित तयार गरिएको हो ।

यो पनि...

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने देशको सूचीमा नेपाल पनि : एम्नेस्टी इन्टरनेसनल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.