भूकम्पको ९ वर्ष : कसरी तङ्ग्रियो बारपाक ?

वैशाख १२, २०८१ |भीमलाल श्रेष्ठ
भूकम्पको ९ वर्ष : कसरी तङ्ग्रियो बारपाक ?

गोरखा । विनाशपछिको विकास एउटा उदाहरण हो - २०७२ वैशाख १२ गतेको भूकम्पले तहसनतहस पारेको गोरखाको बारपाक । ७२ को भूकम्पको केन्द्रबिन्दु बारपाक अहिले पुनर्निमार्णले उज्यालो र सग्लो भइसकेको छ । तर बारपाकबासी त्यो महाविपत्ति भने अझै भुलेका छैनन् ।

२०७२ बैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाकमा १ हजार ३ सय ६५ निजी घर भत्किए । भूकम्पमा परेर यही गाउँका ७२ जनाको त ज्यानै गयो । तर त्यो क्षतिलाई बारपाकबासीले पूनर्निमाणको माध्यमबाट जिते ।

 भूकम्प गएको समय र ज्यान गुमाएकाहरुको सम्झनामा स्तम्भ पनि निर्माण भयो । अहिले बारपाकबासीहरु त्यो विनाशकारी भूकम्प नाचगान गरेर सम्झन्छन् र विपद्को पीडा भुल्ने कोशिस गर्छन् ।

भूकम्पको केन्द्रबिन्दु भएकै कारण बारपाक पर्यटनको केन्द्र पनि बनेको छ । देशभित्र र बाहिरबाट मानिसहरुका बारपाकको पुनर्निर्माणमात्र होइन, यहाँका मानिसहरुको संघर्ष पनि बुझ्न आउँछन् ।

यो भूकम्पले यहाँका मानिसहरुलाई विपद्का लागि तयार रहन त सिकाएको छ नै, विश्वास नहार्ने हो भने मानिसलाई जस्तोसुकै विपद्ले पनि पराजित गर्न नसक्ने दर्शन पनि सिकाएको छ । 


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका गोरखा संवाददाता हुन् ।