Kantipur Samachar | कान्तिपुर समाचार, १७ असोज २०७९

आश्विन १७, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, १७ असोज २०७९

आजको मुख्य समाचार:

* नवरात्रको आठौं दिन आज महाष्टमी, महागौरीको पूजा आराधना / दसैँ मान्न आ–आफ्नो थातथलो फर्किएसँगै काठमाडौं सुनसान / बजारमा घट्यो चहलपहल ।

* प्रमुख दलहरु चुनावी घोषणापत्र बनाउन व्यस्त / शिक्षा, स्वास्थ्य र रोजगारी सबैको प्राथमिकतामा / निर्वाचनपछि प्रतिबद्धता नभुल्न मतदाताको सुझाव ।

* सरकारको कमजोर कार्यसम्पादनले १५ औं पञ्चवर्षीय योजनाको लक्ष्य कठिन / आर्थिक सूचक सन्तोषजनक देखिएनन् / विज्ञ भन्छन् – सरकार गम्भीर भएन ।

* यसवर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्ते पाबोलाई / मानव प्रजातिको विकासक्रम सम्बन्धी खोजमा महत्वपूर्ण योगदान पुर्याएको ठहर ।

* नवौं राष्ट्रिय खेलकुदका लागि सबै प्रदेश र विभागीय टिमको तयारी अन्तिम चरणमा / दसैँको रमझमका बीच खेलाडी प्रशिक्षणमा व्यस्त ।