Kantipur Samachar | कान्तिपुर समाचार, १६ असोज २०७९

आश्विन १६, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, १६ असोज २०७९

आजको मुख्य समाचार:

* गोर्खाबाट ल्याइएको फूलपाती हनुमानढोकास्थित दसैँ घरमा भित्र्याइयो/ टुँडिखेलमा सेनाको बढाइँ/ चाडबाडमा युवा फर्किएपछि गाउँगाउँमा उल्लास ।

* दलहरुले सच्याए समानुपातिकको बन्द सूची/ भोलि उम्मेदवारको नाम फिर्ता लिन सकिने/ सिट बाँडफाँटमा काँग्रेस र माओवादीको प्रस्तावले बिच्कियो जसपा । 

* दसैँमा २ सय ६९ मेगावाट विजुली खेर जाने देखिएपछि आयोजना मर्मत गर्न निर्देशन दिने प्राधिकरणको तयारी/ उत्पादन नै रोक्न खोजिएको निजी क्षेत्रको आरोप ।

* ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु/ पूर्वराष्ट्रपति लुला र वर्तमान राष्ट्रपति बोल्सोनारोबीच प्रतिस्पर्धा/ प्रारम्भिक सर्वेक्षणमा लुला अगाडि ।

* इन्डोनेसियन लिगमा भएको भागदौडमा मृत्यु हुनेको संख्या एक सय २५ पुग्यो/ खेलमा सुरक्षाको प्रत्याभूति गर्न राष्ट्रपतिको निर्देशन/ छानबिन समिति गठन ।