दसैँमा २ सय ६९ मेगावाट विजुली खेर जाने देखिएपछि आयोजना मर्मत गर्न निर्देशन दिने प्राधिकरणको तयारी

आश्विन १६, २०७९
दसैँमा २ सय ६९ मेगावाट विजुली खेर जाने देखिएपछि आयोजना मर्मत गर्न निर्देशन दिने प्राधिकरणको तयारी

दसैंका बेला साविक बमोजिम नै बिजुली उत्पादन हुन्छ । तर, उद्योगधन्दा बन्द हुने भएकाले विजुली खेर जाने देखिएको छ । करिब २ सय ६९ मेगावाट बिजुली खेर जाने देखिएपछि नेपाल विद्युत् प्राधिकरणले यही बेला आयोजना मर्मत गर्न निर्देशन दिने भएको छ । तर, निजी क्षेत्रले भने दसैँको समयमा कामदार नपाइने भन्दै मर्मतका नाममा आयोजनाको उत्पादन बन्द गराउन लागेको आरोप लगाएका छन् । 

 

कुलेखानीबाहेक स्वदेशमा सञ्चालित आयोजनाबाट दैनिक १७ सय २० मेगावाट विजुली उत्पादन हुन्छ । आन्तरिक बजारमा उच्च माग भएको समयमा १ हजार ५ सय मेगावाट विद्युत् खपत हुन्छ । यसबाहेक प्राधिकरणले दैनिक २ सय २० मेगावाट विजुली भारत निर्यात गरिरहेको छ । उद्योग क्षेत्रमा ४ सय मेगावाटको माग छ । तराईमा गर्मी हुादा र पानी पर्दा ३ सय मेगावाट घटबढ हुन्छ । दसैंको समयमा पनि तराईमा गर्मी नै भएकाले माग कम भएको छैन । 

तर उद्योगबाट माग कम हुादा दसैामा बिजुली खेर जाने अवस्था आएको हो । भारतले नेपालको थप विजुली खरिद गरे खेर जाने परिणाम कम हुनेछ ।  बिजुली खेर जाने स्थिति आउनुमा प्राधिकरणको व्यवस्थापकीय कमजोरी भएको निजी क्षेत्रको दाबी छ । बिजुली खेर जाने स्थिति आउनु राम्रो होइन । यो वर्षको अनुभवलाई लिएर प्राधिकरणले आगामी दिनमा समयमै बिजुली व्यवस्थापन गर्न सक्नुपर्छ ।