उदयपुर गाईघाटको हात्तिमारा खोला नै गायव

आश्विन १६, २०७९
उदयपुर गाईघाटको हात्तिमारा खोला नै गायव

उदयपुरको सदरमुकाम गाईघाट छेउको हात्तिमारा खोलाको अहिले नाम निसानासम्म छैन । जग्गा दलालहरुले अतिक्रमण गरी हात्तिमारा खोला पुरेर विभिन्न संरचना बनाइसकेका छन् । नापी कार्यालयमा भने अझै पनि खोलाको नक्सा कायमै छ ।

उदयपुरका अगुवा नागरिकहरुको एक समुह "हात्तिमारा खोला खोइ ?" लेखिएको प्लेकार्ड बोकेर त्रियुगा नगरपालिकाको मुख्य ढोकामा जम्मा भए । हात्तिमारा खोलाको अस्तित्व नै समाप्त पारेर विभिन्न संरचना बनेकाको भन्दै नागरिक अगुवाहरुले जनप्रतिनिधीलाई दवाव दिएका हुन् । हात्तिमारा खोलामा नुहाएको र गाईबस्तुलाई पानी खुवाएको स्थानीयहरु अहिले पनि सम्झन्छन् ।

४६ विगाहा क्षेत्रफल खोलाको हुनुपर्नेमा नक्सामा ५ विगाहा ११ धुर देखिएको स्थानीयको भनाई छ  । त्यो पनि अतिक्रमण गरी जग्गा दलालले बिक्री वितरण गरी विभिन्न संरचना बनेको अवस्था छ । नागरिक समुहले चर्कोरुपमा खोलाको खोजी गर्न थालेपछि सबैको ध्यान आकृष्ट भएको छ । नगरपालिकाले खोजीमा लाग्ने प्रतिबद्धता जनाएको छ । हात्तिमारा खोला प्राकृतिक सम्पत्तिको भएकाले संरक्षणमा नागरिक समुह लागेका छन् । यस यकिन विवरण खोजी गरि खोलाको संरक्षण गर्न जरुरी छ ।